
मुस्ताङ। उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका एक विदेशी नागरिकको आइतबार राति सकुशल आपत्कालीन उद्धार गरिएको छ ।
इटालियन पुरुष नागरिक वर्ष ३१ का डियागो मारियो पिन्टोलाई उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेपछि लोमान्थाङ गाउँपालिकाको स्वास्थ्य शाखा टोलीले एम्बुलेन्समार्फत उद्धार गरेको हो ।
समून्द्री सतहको झन्डै चार हजार मिटरको अग्लो उचाइमा अवस्थित उपल्लो मुस्ताङ भ्रमण गर्न पुगेका इटालियन नागरिक पिन्टोलाई लेक लाग्ने समस्याले बिरामी परेपछि गाउँपालिकाको समन्वयमा तत्कालै गाउँपालिकाकै एम्बुलेन्समार्फत प्रदेश अस्पताल जोमसोम मुस्ताङमा पुर्याउने गरी उद्धार गरिएको लोमान्थाङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो ।
लोमान्थाङ गाउँपालिकाले इटालिनयन पुरुष नागरिक पिन्टोको उद्धारका लागि अक्सिजनको व्यवस्थासहित दुईजना पालिका स्वास्थ्यकर्मीसँगै राखेर एम्बुलेन्समार्फत प्रदेश अस्पताल जोमसोममा पु¥याएर भर्ना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले उल्लेख गर्नुभयो । उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा ५०० डलर खर्च गरेर १० दिनको प्रवेशाज्ञा लिई त्यहाँ पुगेका इटालियन नागरिक पिन्टोलाई लेक लाग्ने समस्याका कारण श्वासप्रश्वासमा समस्या र टाउको दुख्ने समस्या देखिएकाले तत्कालै गाउँपालिकाकै एम्बुुलेन्समार्फत उद्धार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिनुभयो । उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकलाई लेक लाग्ने समस्याले बिरामी परेको यो नै पहिलो घटना भएको उहाँको भनाइ छ ।
उपल्लो मुस्ताङमा ९० किमी दूरीको यात्रा तय गर्दै लेक लागेर बिरामी परेका इटालियन नागरिकलाई प्रदेश अस्पताल जोमसोममा राति १२ बजेको समयमा भर्ना गरिएको थियो । प्रदेश अस्पताल जोमसोमका चिकित्सक डा विशाल सापकोटाका अनुसार लेक लागेर बिरामी परेका इटालियन नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुुभयो । मुस्ताङको जोमसोम हुँदै अर्को दुईजना फ्रान्सेली नागरिक र तीनजना प्रथप्रर्दशक गाइडसँगै उपल्लो मुस्ताङ पुगेका इटालियन नागरिक पिन्टोलाई लोमान्थाङ पुगेपछि लेक लाग्ने समस्या देखिएको थियो ।
हिमाली जिल्ला मुस्ताङमा विसं २०८१ मा लेक लागेर दुई नेपालीसहित नौजना विदेशी पर्यटक गरी ११ जना पर्यटकले ज्यान गुमाएका थिए ।
यस्तै, विसं २०८० सालमा ६ जना नेपालीसहित १७ जना विदेशीले लेक लागेर ज्यान गुमाएका थिए । पर्वतीय क्षेत्रको उच्चस्थानमा पर्यटकहरूले यात्रा क्रममा विश्राम नगरी यात्रा गर्दा लेक लाग्ने समस्या देखिने गरेको छ । विशेषगरी उमेर पुगेका ज्येष्ठ नागरिक र दीर्घरोगका बिरामीहरूलाई बढी मात्रामा लेक लाग्ने समस्या देखिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै