
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनामा साधारण सेवातर्फमा सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदाररसुबेदारहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । सैनिक सेवा नियमावली २०६९ बमोजिम सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । त्यहीअनुसार बढुवा भएका प्रमुख सुबेदार/सुबेदार गरी ३४ जनामध्ये विभिन्न संयुक्त राष्ट्रसङ्घीय मिसन (शान्ति सेना) मा खटिएका पाँचबाहेक २९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा