
काठमाडौँ । पत्रकारहरुले संचारकर्मी सुरेश रजकको मृत्यु प्रकरण उच्चस्तरीय आयोग बनाएर छानविन गर्न माग गरेका छन् । राजावादी समूहले गएको चैत १५ गते गरेको प्रदर्शन हिंसात्मक बनेको दृश्य छायांकन गरिरहेका संचारकर्मी रजकको रहस्य तवरले जलेर मृत्युभएपछि पत्रकारहरुले त्यसको छानविन माग गरेका हुन् ।
पत्रकारहरुको संगठनले संचारकर्मी रजकको मृत्यु प्रकरण छानविन हुनैपर्ने आवाज सशक्त रुपमा उठाउँदै आएका छन् । यही क्रममा नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन, नेपालले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय आयोगको माग गर्दै बिहीबार रत्नपार्कस्थित शान्तिवाटिकामा मौनसभा आयोजना गरेको छ ।
.
सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्वकार्यवाहक अध्यक्ष रमेश विष्टले संचारकर्मी रजकको मृत्यु प्रकरणमा प्रदर्शन आयोजक प्रमुख नवराज सुवेदी र दुर्गा प्रसाईंमाथि संगठनले ज्यान मुद्दा जाहेरी दर्ता गर्नुपर्ने बताउनुभएको छ।
दिवंगत सुरेश का दाजु दिनेश रजकले भाइको विभत्स तरिकाले हत्या गरेर पत्रिकाले छोपेको अवस्थामा शव फेला परेको जानकारी गराउँदै अपराधीहरुले घटनाको वास्तविकता लुकाउन सुरेशले त्यसबेला दृश्य छायांकन क्यामेरा र मोबाइल लुटेको बताउनुभयो ।
संगठनका अध्यक्ष शम्भु श्रेष्ठले यति ठूलो घटना हुनु र जनधनको ठूलो क्षति हुँदा पनि सरकारले छानबिन आयोग गठन नगर्नुले घटना थप रहस्यमय भएको बताउनुभयो ।‘सरकारले आफ्नो गल्ती, कमजोरी लुकाउन छानबिन आयोग गठन नगरे पनि सुरेश रजकको हत्याको छानबिन आयोग पत्रकारहरुसँग सम्बन्धित संगठनहरुले मिलेर गर्नुपर्ने अवस्था आएको छ’ उहाँले भन्नुभयो ।
समाजवादी प्रेस संगठनले रजकको मृत्यु प्रकरण उच्चस्तरीय छानविनको आयोग गठन हुनुपर्ने र उनलाई शहीद घोषणा गर्नुपर्नेमा जोड दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै