
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् ।
लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको हो ।
दुर्घटनामा जीप चालक पाँचथर फिदिम नगरपालिका–३ का २५ वर्षीय सरोज श्रेष्ठको जीवन गुमेको छ ।
श्रेष्ठको तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सहचालक फिदिम नगरपालिका–३ कै सौजन श्रेष्ठको ढाडमा गम्भीर चोट लागेको छ । सौजनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा