
सिरहा । नयाँ वर्षका दिन मात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न लहान नगरपालिकास्थित सलहेश फूलबारीमा मेलाको रौनक छाएको छ ।
यो फूलबारी नौ बिघा क्षेत्रफलमा फैलिएको छ । वैशाख १ गते लाग्ने मेलाको पूर्वसन्ध्यामा आज अपराह्नदेखि नै फूलबारीमा श्रद्धालुहरुको चहलपहल बढेको छ । मेला समितिका अध्यक्ष जयकान्त चौधरीका अनुसार भोलि वैशाख १ गते लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
उहाँले भन्नुभयो– ‘मेलालाई व्यवस्थित बनाउन स्वयम्सेवक खटाउने, व्यापारिक ‘स्टल’हरु बनाउने सहज रुपमा श्रद्धालुलाई पूजास्थलसम्म पुग्ने प्रबन्ध गरिएको छ । मेलालाई व्यवस्थित गर्न सय जना स्वयम्सेवक खटाइएको छ भने भीडलाई व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरिएको छ ।’
मेला भर्न नेपाल तथा भारतबाट हजारौँ श्रद्धालु आउने गरेका छन् । दुई दिनअघिदेखि भारतका विभिन्न राज्यबाट आउने हजारौँ श्रद्धालु मेलास्थलमा नै बसेका छन् ।
प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर पश्चिम–दक्षिणमा पर्दछ । सहलेश मन्दिरका पुजारी जीतेन्द्र धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको छ । यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फूल फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किम्वदन्ती छ । त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गरेका छन् ।
राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तानप्राप्ति, चर्मरोग, कुष्ठरोगलगायत रोग नाश हुने जनविश्वास छ । सरकारले सहलेसलाई धार्मिक पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ ।
स्थानीय, प्रदेश तथा नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला सङ्घ संस्थाले फूलबारी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना बनाएर काम गर्नुपर्नेमा सिरहा उद्योग वाणिज्य सङ्घ अध्यक्ष विकास सारडाले जोड दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक