
जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले हरवाचरवाहरुको पक्षमा नीति तथा कार्यक्रम ल्याउन मधेशका मुख्यमन्त्री सतिश्कुमार सिंहको ध्यानार्कषण गराएको छ ।
मधेश प्रदेश सरकारको आगामी नीति, कार्यक्रम र बजेट मार्फत मुक्त हरवाचरवाको न्यायिक पुनपनाको सवाल सम्बोधन गराउनका लागि राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले मुख्यमन्त्री सिंहको ध्यानार्कषण गराएको हो ।
मञ्चले बुझाएको ध्यानार्कषण पत्र बुझदै मुख्यमन्त्री सिंहले मुक्त हरवाचरवाको सामाजिक र आर्थिक बिकासका लागि स्पष्ट रोडम्याप बनाई त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु नै आजको आवश्यकता रहेको कुरा बताउनु भयो । साथै उहाँले हरवाचरवाको शिक्षामा पहुँच बृद्धी गर्दै उनीहरुको स्थायी रोजगारी सुनिश्चित गर्न सके अवस्थामा परिवर्तन आउने कुरामा जोड दिनुभयो ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद सदाद्वारा हस्ताक्षरित माग पत्रमा मन्त्रालयले तयार गरेको हरवाचरवा परिवारको लगत संकलन र परिचयपत्र वितरण निर्देशिका २०८० तत्काल राजपत्रमा प्रकाशन गरिनुपर्ने, स्थानीय तहको समन्वयमा हरवाचरवाको तथ्याँक संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण शुरु गरिनुपर्ने लगायत उल्लेख गरिएको छ ।
कार्यक्रममा द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराईले मधेश प्रदेश सरकार भूमि व्इवस्था, कृषि तथा सहकारी मन्त्रालयले हरवाचरवा लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०८० मस्यौदा गरी मन्त्रालय स्तरिय निर्णय गरि मन्त्रीपरिषदमा पेश भई पारित भएको भन्ने जानकारी सार्वजनिक भयो तर हालसम्म त्यो निर्देशिकाका आधारमा कुनै प्रकृया अगाडि बढन नसकेको कुरा बताउनु भयो ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्च महासचिव लागिन्द्र सदाले युगौदेखि दासता प्रथा कृषि बधुवा मजदुरको रुपमा हरवाचरवा काम गर्न बाध्य हरवाचरवाको मुक्तिको घोषणा २०७९ श्रावण ०२ गते गरिएको भएता पनि पुनस्थापनाको काम अगाडि बढन नसक्दा मुक्त हरवाचरवाहरु झन झन समस्यामा पर्दै आएको अवगत गराउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
- सिंहदरबार आसपास प्रहरीको ब्यारिकेड, सवारी संचालनमा पूर्ण रोक
- अध्यक्षसहितका नेताहरु पक्राउ परेपछि राप्रपाद्वारा आकस्मिक बैठक आव्हान
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती