
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजलाई अझै न्यायपूर्ण, शान्तिपूर्ण र समानताका आधारमा सङ्गठित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
भगवान् महावीरको २६२४औँ जन्मजयन्तीका अवसरमा ‘नेपाल जैन परिषद्’ले आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो– ‘अनेकान्तवादले हामीलाई विभिन्न दृष्टिकोणहरूलाई सम्मान गर्न र सहिष्णुता अङ्गीकार गर्न सिकाउँदछ, जुन आजको समाजमा सामाजिक सद्भावका लागि अत्यन्तै आवश्यक छ ।’
भगवान् महावीर जन्मजयन्तीले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई थप सवल, सुदृद्ध र बलियो बनाउने अवसर प्रदान गर्ने उहाँको भनाइ छ । भगवान् महावीरका जीवन र उहाँले प्रतिपादन गर्नुभएका सिद्धान्तहरू सिङ्गो मानव जीवनका विविध पक्ष र आयामलाई समृद्ध बनाउने मार्गदर्शनबाट अभिप्रेरित भएको उपराष्ट्रपति यादवले बताउनुभयो । ‘मानव जीवनका लागि अपरिहार्य ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक भगवान् महावीरको जीवनले हामीलाई अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिनुका साथै उहाँले देखाउनुभएको सत्मार्ग, कर्ममार्ग र नैतिकमार्गमा हिँड्न हामीलाई अभिप्रेरित गर्दै मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा उत्तिकै सहयोग गर्दै आएको छ’ m उहाँले भन्नुभयो ।
सामाजिक रुपमा, जैन धर्मले सहिष्णुता, अहिंसा र भाइचारा प्रदर्शन गर्दै आएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षासहितको विविधतायुक्त नेपालजस्तो मुलुकमा जैन धर्मका सिद्धान्तहरूले देश र समाजका सबै वर्गहरूबीच सहिष्णुता र सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँको धारणा छ ।
नेपाल जैन परिषद्का अध्यक्ष विमल जैनले भगवान् महावीरले असत्यलाई सत्यबाट जित्नका लागि दिनुभएको सन्देश आजको सान्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष हुकुम दुगडलाई सम्मान गरिएको छ ।
त्यसैगरी अर्का पूर्वअध्यक्ष स्वर्गीय ओमप्रकाश नौलखालाई मरणोपरान्त सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै