
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ ।
नेप्से परिसूचक बुधबार ९ दशमलव ६६ अंकले बढेर दुई हजार ६ सय ७६ दशमलव २८ को विन्दुमा कायम भएको हो ।
आज ३ सय १७ कम्पनीको एक करोड ७३ हजार ८ सय २२ कित्ता शेयर, ४५ हजार ९४ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ र व्यापारबाहेक सबै समूहको उपसूचक हरियो देखिएको छ । बैंकिङ समूह शून्य दशमलव शून्य तीन, र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले घटेको हो । सबैभन्दा बढी होटल तथा पर्यटन दुई दशमलव ४४, लगानी एक दशमलव ४८ र उत्पादन तथा प्रशोधन एक दशमलव ३६ प्रतिशतले बढेको छ ।
विकास बैंक शून्य दशमलव २९, वित्त शून्य दशमलव ३४, जलविद्युत् शून्य दशमलव शून्य आठ र जीवन बिमा शून्य दशमलव २२ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव ५९, निर्जीबन बिमा समूह शून्य दशमलव ५६ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले बढेको छ ।
नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव शून्य पाँच प्रतिशतले घटेको छ ।
रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४२ करोड ७५ लाख ६८ हजार ४ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सङ्ख्याका आधारमा सबैभन्दा बढी कुमारी इक्विटी फण्डको १० लाख १० हजार एक सय ७६ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा