
मुगु । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ ।
सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता अघिदेखि फैलिएको रुघाखोकीबाट तीन जनाको मृत्यु र एक सय ५० जना सिकिस्त भएका थिए । थला परेकामध्ये एक सय ३५ जना गरिएको परीक्षणमा इन्फ्लुएन्जाको लक्षण देखिएको उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको जिल्ला अस्पताल मुगुका डा कमल ढु्ङ्गानाले जानकारी दिनुभयो ।
इन्फ्लुएन्जा सङ्क्रमण पुष्टि भएपछि थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमोलोजी महाशाखा, विश्व स्वास्थ्य सङ्गठनको टोली र जिल्ला अस्पातल मुगुबाट तीन जना डाक्टरसहितको टोली उक्त क्षेत्रतर्फ लागेको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।
सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले गाउँपालिकाले सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिसकेको छ । उहाँले दुवै गाउँमा अहिले बिरामीको सङ्ख्या कम हुँदै गएको बताउनुभयो । रुघाखोकीका कारण पुरुमुरुका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृित छत्याल र २४ वर्षीया कुशुम ढोलीको रुघाखोकी र ज्वरोका कारण केही दिनअघि मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति