+

राष्ट्रपति र डा मार्टिन सुल्जबीच भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा मार्टिन सुल्जबीच शिष्टाचार भेटवार्ता भएको छ । 

राष्ट्रपति र डा मार्टिनबीच बुधबार शितल निवासमा भेटवार्ता भएको हो ।  भेटवार्तामा राष्ट्रपतिले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

उहाँले फ्रेडरिक एबर्ट स्टिफटुङले काठमाडौँस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुशी समेत व्यक्त गर्नुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै