
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वन विज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्री अभाव रहेको छ ।
विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो । विद्यार्थिलाई सैद्धान्तिक ज्ञान दिने कार्य भइरहे पनि प्रयोगात्मक सामग्रीको अभाव रहेको विद्यालयका प्रशिक्षक शिक्षक पुष्कर ऐरले बताउनुभयो । “प्रयोगात्मक सामग्री अभाव हुँदा विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने कार्यमा अप्ठेरो परिरहेको छ”, उहाँले भन्नुभयो, “निकै लामो समयदेखि माग गर्दै आए पनि व्यवस्था हुन सकेको छैन ।”
उहाँका अनुसार विद्यार्थीलाई प्रयोगात्मक कार्य सिकाउनका लागि रेन गेज, साभेल, माइक्रोस्कोप, ओभन, क्लिनोमिटर, चेनस, पोलि हाउस, चेन, ट्री क्यालिपर, डाइमिटर टेप, स्पिडो मिटर, स्पिडे, स्नोभेल, वाइनाकुलरलगायत सामग्री अभाव रहेको छ । विद्यालयसँग फाउडा, कोदालो, स्मार्ट बोर्ड, बन्चरोलगायत सामग्री भए पनि ती पनि पर्याप्त मात्रामा नरहेको उहाँँले बताउनुभयो । सामग्री अभाव भएपछि विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध आउन थालेको उहाँको बुझाइ रहेको छ ।
नगरपालिका कार्यालयसँग अभाव रहेका सामग्रीको व्यवस्था गरिदिनका लागि माग गरिँदै आए पनि उपलब्ध हुन नसकेको विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर ऐरले बताउनुभयो । “विद्यालयसँग सिमिति साधन स्रोत छ”, उहाँले भन्नुभयो, “आन्तरिक आम्दानी छैन, अभाव भएका सामग्रीका लागि नगरपालिकालाई गुहार्दै आएका छौँ”, उहाँले भन्नुभयो, “सामग्री उपलब्ध गराउने अश्वासन पाइने गरे पनि हालसम्म उपलब्ध भने भएका छैनन् ।”
विसं २०७६ देखि तीनवर्षे वन विज्ञान कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत वन विज्ञानमा भर्ना भएर ३१ छात्र र २५ छात्रा अध्ययन गर्दै आएका छन् । विद्यालयमा वन विज्ञान पढ्ने विद्यार्थीका लागि भौतिक पूर्वाधार भने पर्याप्त रहेको छ । छात्र र छात्राका लागि सुविधा सम्पन्न छुट्टाछुट्टै छात्रावास रहेका छन् । छात्रवासका प्रत्येक कोठामा बाथरुम तथा ट्वाइलेटको व्यवस्था रहेको छ । छात्रावासमा ११ छात्र र सात छात्रा बसेर अध्ययन गर्दै आएका छन् । विद्यालयको छुट्टै ब्लकका तीन कोठामा पठनपाठनको कार्य हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध