
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाको विवाहका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर सिंह र कभर गायिका शिवाना श्रेष्ठबीच माघ २१ गते विवाह हुँदैछ । माघ २१ गते बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा विवाह हुनेछ भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भोजको आयोजना गरिएको छ । उक्त भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहितका व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ ।
देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ ।
देउवाका छोरा जयवीरले सञ्जीव भक्त श्रेष्ठ र प्रतिभा श्रेष्ठकी छोरी शिवाना श्रेष्ठसँग बिवाह गर्न लाग्नुभएको छ ।
प्रधानमन्त्री पदबाट हटेपछि देउवा परिवार धुम्बाराहीस्थित भाडाको घरमा बस्दै आएका थिए । तर, छोरोको बिहे आफ्नै घरबाट गर्ने तयारीका साथ देउवा गत माघ ३ गते बूढानीलकण्ठस्थित निवास सर्नु भएको थियो
इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लाग्नुभएको हो । काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही आफन्तहरुको उपस्थितीमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।
जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुनुहुन्छ भने शिवाना पूर्व परराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुनुहुन्छ । केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत समेत हुनुभएको थियो । जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ ।
जयवीरले ब्लुप्रिन्ट ट्रेडिङ प्रालिमार्फत केही वर्षदेखि व्यवसाय गरिरहुनु भएको छ भने शिवाना सौन्दर्य सामग्रीको व्यापार गर्नुहुन्छ । शिवानाले केही कभर गीतमा आवाज पनि दिनुभएको छ । जयवीर र शिवानाले लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति