+

धरहरामा आजदेखि निःशुल्क पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु भएको हो । 

काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताउनुभएको छ । 


काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायीले आन्दोलन समेत गरेका थिए । महानगरपालिकाले धरहरा बाहेक पुरानो बसपार्कमा रहेको काठमाडौं टावरमा समेत निःशुल्क पार्किङको विकल्प दिएको छ ।

५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध गराइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै