
रुकुम । रुकुमपश्चिममा १८ हजार आठ सय ६६ अस्थायी आवास निर्माण गरिएका छन् । छ हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लाभर रु ७६ करोड ५९ लाख लाभग्राहीलाई भुक्तानी दिइएको छ । करिब २७ हजार ३६ लाभग्राहीले रकम प्राप्त गरेका छन् ।
चौरजहारी नगरपालिकामा तीन हजार नौ सय १५, आठबिसकोट नगरपालिकामा पाँच हजार सात सय ८५, मुसिकोट नगरपालिकामा चार सय ९६, सानीभेरी गाउँपालिकामा पाँच हजार दुई सय ४०, त्रिवेणी गाउँपालिकामा दुई हजार चार सय ७५ र बाँफीकोट गाउँपालिकामा पाँच सय ७३ अस्थायी आवास निर्माण गरिएका छन् ।
त्यस्तै चौरजहारी नगरपालिकाका छ हजार दुई सय ५४, आठबिसकोट नगरपालिकाका नौ हजार छ सय ६७, मुसिकोट नगरपालिकाका एक हजार ४०, सानीभेरी गाउँपालिकाका पाँच हजार छ सय २४, त्रिवेणी गाउँपालिकाका दुई हजार सात सय ५२ र बाँफीकोट गाउँपालिकाका एक हजार छ सय ९९ लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छन् ।
त्यस्तै चौरजहारी नगरपालिकामा रु १५ करोड ६३ लाख ५० हजार, आठबिसकोट नगरपालिकामा रु २४ करोड १६ लाख ७५ हजार, मुसिकोट नगरपालिकामा रु दुई करोड ६० लाख, सानीभेरी गाउँपालिकामा रु १४ करोड छ लाख, त्रिवेणी गाउँपालिकामा रु छ करोड ८८ लाख र बाँफीकोट गाउँपालिका रु चार करोड २४ लाख ७५ हजार रकम लाभग्राहीको खातामा भुक्तानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो ।
जिल्लाभर २९ हजार चार सय छ लाभग्राही रहेकामा २७ हजार ३६ लाभग्राहीको खातामा मात्र अस्थायी आवासका लागि पहिलो किस्ताको रकम भुक्तानी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति