
काठमाडौँ । त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन भएको छ। शुक्रबार दिउँसो अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा चेकजाँचमा खटिएका प्रहरीबीच कुटपिट भएको थियो।
उक्त घटनाको छानिबनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमक संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्।
समितिलाई उक्त घटनाबारे छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभएको छ ।
शुक्रबार दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेका थिए। अधिकृत मोक्तान ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो। सो क्रममा विवाद भएपछि अधिकृतमाथि प्रहरीले हातपात गरेको स्रोतको भनाइ छ।
मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले छानबिनपछि मात्रै विवादको कारण खुल्ने जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध