+

‘शिक्षामा सुधारका लागि कार्यशाला’

सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, कर्णाली प्रदेश शाखाले शिक्षाक्षेत्रको समग्र अवस्था,चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला शुक्रबार मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा सम्पन्न गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिँहले शिक्षा क्षेत्रको सुधारका लागि अब गम्भीर रुपमा सोच्नुपर्ने धारणा राख्नुभयो । उपकुलपति सिँहले विश्वविद्यालयका पदाधिकारीहरु दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य नभए सम्म शिक्षामा आमुल सुधार आउन नसक्ने धारणा राख्नजुभयो । शिक्षामा सुधार गर्नका लागि सासाना कुरामा पनि ख्याल गर्नुपर्ने उहाँको धारणा छ । समस्या पहिचान गर्नु भन्दा अरुलाउ दोष देखाएर आफु बच्ने काम नरोकिए सम्म शिक्षामा सुधार सम्भव नहुने बताउनु भयो। शिक्षा क्षेत्र बिग्रिने प्रमुख कारण समस्याको पहिचान नसक्नु भएको बताउदै समस्या पहिचान गरी एक-एक गर्दै सुधार गरे शिक्षाको गुणस्तरमा सुधार हुने बताउनु भयो। शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य नभएसम्म शिक्षाक्षेत्रमा सुधार सम्भव नभएकाले यो मुद्दामा प्राज्ञिक विद्यार्थी परिषद्ले आवाज उठाउनु पर्ने धारणा राख्नुभएको थियो । विश्वविद्यालयमा राजनीतिक भागवण्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने प्रबृत्ती अन्त्य नगरेसम्म विश्वविद्यालय सुधार गर्न नसकिने भएकाले यो बिषयमा ध्यान केन्द्रीत गर्न अनुरोध समेत गर्नुभयो । 

कार्यक्रममा प्रा.डा विजु थपलियाले नेपालको समग्र उच्च शिक्षाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य जितबहादुर शाहले नेपालको शैक्षिक स्थिति खस्किदो अबस्था रहेको बधारणा राख्नुभयो । 

कार्यक्रममा सहभागी नारायण सिक्देलले आफू पढ्दै कमाउदै गर्न सक्ने कुरा जनज्योति मावि मा सुरुवात भएको र हाल देशभर यो कार्यक्रम लागू भएको बताउनुभयो । अबको शिक्षकले विद्यार्थीलाई शिक्षासंगै सिपको समेत विकास गरेर व्यवाहारिक शिक्षालाई प्रभावकारी बनाउृनु  पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा  मध्यपश्चिम विश्वविद्यालयका डिन सुदिप ठकुरीले  उत्पादन क्षेत्रलाई बढाउन नसके शिक्षामा सुधार ल्याउन नसकिने धारणा राख्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै