
काठमाडौँ । चीनका उच्च कूटनीतिज्ञ र अमेरिकी सुरक्षा सल्लाहकारबीच भेटवार्ता हुने भएको छ ।
चीनका उच्च कूटनीतिज्ञ वाङ यीले र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता हुनेभएको हो। बेइजिङ र वासिङ्टनबीच हालैका वर्षमा प्रविधि, व्यापारदेखि मानव अधिकारका बिषयका साथै ताइवान र साउथ चाइना सीका बिषयमा प्रतिस्पर्धात्मक दाबीका मुद्दामा टकराव भएको छ ।
दशकौँ यताको सबैभन्दा खराब सम्बन्ध सुधारका लागि राष्ट्रपति जो बाइडेनले गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा चिनियाँ समकक्षी सी चिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । ‘चीन र संयुक्त राज्य अमेरिकाको सहमतिअनुसार वाङ यीले संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानसँग बैंककमा नयाँ चरणको बैठक गर्नुहुनेछ’ बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाले शुक्रबार र शनिबार वार्ता हुने जनाएको छ । ह्वाइट हाउसले भनेको छ– ‘यो बैठकले राष्ट्रपति बाइडेन र राष्ट्रपति सीबीच नोभेम्बर २०२३ मा हुने वुडसाइड शिखर सम्मेलनमा रणनीतिक सञ्चार कायम राख्न र जिम्मेवारीपूर्वक सम्बन्ध व्यवस्थापन गर्ने दुवै पक्षको प्रतिवद्धतालाई निरन्तरता दिएको छ ।’
शुक्रबार सुलिभानले थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिन र अन्य उच्च अधिकारीसँग बैङ्ककमा भेटवार्ता गर्नुभएको थियो । ह्वाइट हाउसका अनुसार उनीहरूले बर्माको बिग्रँदो सङ्कटलाई सम्बोधन गर्ने प्रयाससहित क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल गरेका छन् । म्यानमाको सेनाप्रति बफादार सरकार (जुन्टा सरकार) र देशको उत्तरी भागमा जातीय सशस्त्र समूहबीच युद्ध चर्किएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति