
काठमाडौँ । बिहीबारको निर्वाचनसँगै राष्ट्रियसभामा दलको औकात फेरिएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बनेको छ ।
माओवादीबाट राष्ट्रियसभामा अहिले उपाध्यक्षसहित १५ सांसद छन् । त्यस मध्येका ३ जना फागुन २० गते बिदा हुँदैछन् । बिहीबारको निर्वाचनले ५ सदस्य थपिएका छन् । यसबाट फागुन २० पछि राष्ट्रियसभामा माओवादीका १७ सांसद हुनेछन् । २०७० सालपछि अन्य दलको टेकोमा अडिएको माओवादीलाई राष्ट्रियसभामा भने सत्र दाउ नै परेको छ ।
१९ सिटका लागि बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका १० जना निर्वाचित भएका छन् । राष्ट्रियसभामा कांग्रेसका अहिले १० सांसद छन् । ती मध्ये ४ जना फागुन २० गते बिदा हुँदैछन् । राष्ट्रियसभामा कांग्रेसका अब १६ सांसद हुनेछन् ।
प्रतिनिधिसभामा लोकप्रिय मतका साथ दोस्रो दल बनेर प्रमुख प्रतिपक्षको हैसियतमा रहेको नेकपा एमाले राष्ट्रियसभामा भने तेस्रो स्थानमा झरेको छ । राष्ट्रियसभामा एमालेका अहिले १८ सांसद छन् । त्यस मध्येका ९ सांसद फागुन २० गते बिदा हुँदैछन् । ९ जना सांसद बिदा हुँदा राष्ट्रियसभामा एमालेले सत्ता गठबन्धनको घेराबन्दीको कारण एक सांसद मात्रै सुरक्षित पारेको छ । बिहीबारको निर्वाचनसँगै राष्ट्रियसभामा एमालेको १० सांसद मात्रै हुनेछन् ।
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीबाट राष्ट्रियसभामा अहिले ८ सांसद छन् । ती मध्ये २ जना फागुनको तेस्रो साता बिदा हुँदैछ । बिहीबारको निर्वाचनमा एकीकृत समाजवादीले २ सदस्य थपेको छ । राष्ट्रियसभामा त्यसपछि एकीकृत समाजवादीको ९ सांसद हुनेछ । राष्ट्रियसभामामा अब एकीकृत समाजवादी एमालेसँगै ठककरमा देखिएको छ ।
राष्ट्रपतिबाट मनोनित एमालेकी विमला राई पौड्यालको पनि फागुन २० देखि कार्यकाल सकिँदैछ । यो ठाउँमा जनमोर्चाकाी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ । यसो भएमा राष्ट्रियसभामा जनमोर्चाका दुई सांसद हुनेछन् । बिहीबारको निर्वाचनबाट राष्ट्रियसभामा जनता समाजवादी पार्टी (जसपा) पनि १ सिट हात पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति