
बाँके । नेपालगञ्ज फुटाहा सडक र पासाङल्हामुमार्गमा ‘अस्फाल्ट पिच’ शुरु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म ३ सय ७५ मिटर लामो र छ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेसन जोड्ने ५ सय ५० मिटर लामो र ८ मिटर चौडा पासाङल्हामुमार्ग अस्फाल्ट पिच शुरु गरिएको हो । यी दुवै सडक स्तरोन्नतिको स्थलगत अनुगमन गर्दै नगर प्रमुख प्रशान्त विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पीच हुन लागेको हो । ६० लाख रुपैयाँमा बन्न लागेको तयो सडक सात भाई निर्माण सेवासँगको ठेक्का सम्झौतामा असार १५ गतेभित्र सम्पन्न हुने इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिनुभएको छ । नगरस्तरीय ७५ लाख रुपैयाँ मा अस्फाल्ट पीच हुन थालेको पासाङल्हामुमार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मविन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
बागेश्वरी चिल्ड्रेन उद्यानको सौन्दर्यकरण शुरु
बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन उद्यानको सौन्दर्यकरण कार्य शुरु भएको छ । बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले ३० लाख रुपैयाँ मा उद्यानको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेललगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले बताउनुभयो ।
असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी व्यापारिक सटर डोजर लगाएर भत्काएको थियो । बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रुपमा त्यस क्षेत्रलाई विकास गर्न बालबालिका उद्यान बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङस्थलका रुपमा पनि छुट्टयाउने योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति