
काठमाडौँ । मित्रराष्ट्र चीनले सन् २०२३ मा आफ्नो शहरी क्षेत्रमा १ करोड २० लाख जना भन्दा बढीलाई रोजगारी सिर्जना गरेको छ ।
गत वर्षको कूल गार्हस्थ उत्पादनमा ५.२ प्रतिशतको वृद्धि रोजगारी सिर्जनाका लागि महत्वपूर्ण थियो । कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रले आर्थिक सुधारको नेतृत्व गरिरहेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी युन डोङलाईले पत्रकार सम्मेलनमा भन्नुभयो ।
सन् २०२३ मा ३० करोड युआनभन्दा बढी केन्द्रीय र स्थानीय सरकारको आर्थिक सहयोगका साथ देशले रोजगारीका लागि नीतिगत सहयोग बढाएको उहाँले बताउनुभयो । पछिल्ला चरणमा देशले सामाजिक बीमाको बोझ कम गर्दै वित्तीय अनुदान र कर प्रोत्साहन बढाएर अधिक वित्तीय सहायता प्रदान गर्दै रोजगारीलाई आफ्नो शीर्ष प्राथमिकताका रूपमा कायम राखेको अधिकारीले बताए ।
यसले डिजिटल, इको–मैत्री, र वृद्ध हेरचाह क्षेत्रहरूसँगै उन्नत उत्पादनलाई रोजगारी सिर्जना गर्न प्रोत्साहित गर्नेछ । यो नीतिले निजी, साना र मध्यम आकारका कम्पनीहरू जस्ता प्रमुख रोजगार चालकहरूलाई सहयोग पुग्नेछ । अधिकारीका अनुसार राष्ट्रव्यापी प्रमुख जनसङ्ख्याका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले जनवरीदेखि अप्रिलसम्म रोजगारी प्रवद्र्धन अभियान पनि शुरु गरिनेछ ।
देशको स्थिर आर्थिक पुनरुत्थान, परम्परागतबाट नयाँ वृद्धि चालकमा स्थानान्तरण र रोजगारी सिर्जनाका नयाँ स्रोतहरूको निरन्तर उदयका कारण चीनको रोजगारी सामान्य तया स्थिर रहने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति