
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको छ । निकुञ्जभित्रका वन्यजन्तुलाई आहाराका लागि यो समयमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने गरिन्छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले विनियोजन गरेको बजेट र तराई भू–परिधि कार्यक्रम (ताल)को बजेटबाट घाँसेमैदान र पानीका तलाउको व्यवस्थापनको काम भइरहेको छ । निकुञ्जले तीन सय ७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्न रु ४० लाख ७० हजारमा बोलपत्र आह्वान गरी काम सुरु गराएको छ ।
तिवारीका अनुसार लामिताल, सुखिभार र भिम्ले क्षेत्र तथा आसपासमा घाँसेमैदानको व्यवस्थापन गरिँदै छ । तालको सहयोगमा भिम्ले क्षेत्रमा रु सात लाखको लागतमा घाँसेमैदानको काम गरिएको छ । पदमपुर क्षेत्रमा तालकै सहयोगमा घाँसेमैदान व्यवस्थापनका लागि रु ४० लाखको ठेक्का लगाइएको उहाँले जानकारी दिनुभयो ।
तिवारीका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको छ । थप एक सय हेक्टरमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने जनाइएको छ । विगतका वर्षहरुमा घाँसेमैदान व्यवस्थापनमा धेरै लगानी गरिने भएको भए पनि पछिल्ला वर्षहरुमा बजेट निकै कम विनियोजन गर्ने गरिएको छ ।
घाँसेमैदान व्यवस्थापन गर्दा ठूला ढड्डीहरु फाँडेर नयाँ घाँसलाई मुना पलाउन सहज बनाइन्छ । अधिकांश ठाउँमा ट्र्याक्टरको प्रयोग गरिन्छ भने ट्र्याक्टर नजाने ठाउँमा मानिसले मात्रै काम गर्ने गरिन्छ । निकुञ्जभित्र १० हजार हेक्टर हाराहारी घाँसेमैदान छ । त्यसमध्ये हरेक वर्ष एक हजार हेक्टर क्षेत्रफल हाराहारी घाँसेमैदान व्यवस्थापन हुँदै आएको छ ।
तिवारीका अनुसार एक वर्षमा रु चार करोडसम्म घाँसेमैदान निर्माण र व्यवस्थापनमा खर्च गर्ने गरिएको थियो । पछिल्ला वर्षहरुमा क्रमशः बजेट कम हुँदै आएर निकै न्यून मात्र छुट्याउन थालिएको छ । यसबाट प्रत्यक्ष रुपमा गैँडा लगायतका विचरण गर्ने वन्यजन्तु र बाघका आहारा प्रजाति प्रभावित भएका छन् ।
निकुञ्जको बजेटबाट रु छ लाखको लागतमा ध्रुव क्षेत्रमा दुई तलाउ निर्माण गरिएको छ । यसैगरी लामितालमा रु पाँच लाख खर्च गरेर तालको मर्मतसम्भार गरिएको छ । तालको सहयोगमा पानी पोखरीको सरसफाइ र व्यवस्थापनका लागि रु २५ लाखको ठेक्का लगाइएको छ । तालकै सहयोगमा पदमपोखरी क्षेत्रमा पोखरी व्यवस्थापनका लागि रु २० लाखको काम सुरु गरिएको छ । निकुञ्जमा गरिएको पछिल्लो गणनाअनुसार वयस्क पाटेबाघ एक सय २८ रहेका छन् । दुर्लभ एकसिङ्गे गैँडाको सङ्ख्या छ सय ९४ रहेको थियो । सन् २०२१ मा गैँडा गणना गरिएको थियो भने सन् २०२२ मा बाघ गणना गरिएको थियो । गैँडा र बाघका लागि यो निकुञ्ज प्रख्यात छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध