
कास्की । देशको पर्यटकीय राजधानी शहर पोखरामा पुस ११ गतेदेखि २१ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ प्रतियोगिता सञ्चालन हुने भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ ‘सिंगल्स’ र ‘डबल्स’ तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथि उमेर सूमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन चालिसेले जानकारी दिनुभयो ।प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित छिमेकी देश भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकबाट खेलाडीहरु पोखरा आइपुगेका छन् ।
खुलातर्फ नेपालका शीर्ष वरियताका प्रदीप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङ लगायतका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार पुरुष एकलतर्फ ३१ खेलाडी, महिला एकलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
महिला तथा पुरुष एकलतर्फ बिजेताले ८० हजार रुपैयाँ उपबिजेताले ४० हजार सहित ट्रफि तथा सेमिफाइन लिस्टले २० हजार रुपैयाँसहित मेडल पुरस्कार प्राप्त गर्ने छन् ।
महिला तथा पुरुष डबल्स तर्फ बिजेताले ३० हजार उपबिजेताले १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले १० हजार रुपैयाँसहित मेडल पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक चालिसेले जानकारी दिनुभयो ।
यसैगरी ३५ वर्ष माथिको एकलतर्फ बिजेताले ६० हजार उपबिजेताले ३० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले ्१५ हजार रुपैयाँसहित मेडल पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी ३५ वर्ष माथिको डबल्स बिजेताले २० हजार उपबिजेताले १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले १० हजार रुपैयाँसहित मेडल पुरस्कार प्राप्त गर्ने छन् ।
आयोजकका अनुसार ४५ वर्ष माथिको एकलतर्फ बिजेताले ४० हजार उपबिजेताले २० हजार रुपैयँँसहित ट्रफि तथा सेमिफाइनलिस्टले १० हजार रुपैयाँसहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको डबल्स बिजेताले २० हजार उपबिजेताले १० हजार रुपैयाँ सहित ट्रफि पुरस्कार प्राप्त गर्ने बताइन्छ ।
नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहासमा सबैभन्दा लामो समयसम्म निरन्तर रुपमा आयोजना भएको र खेल पर्यटन प्रवद्र्धनका लागि सहयोगी भएको बताउनुभयो ।
कास्की टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी