
काठमाडौँ । सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान चाड क्रिसमसको अवसरमा पर्वले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको बताउनुभएको छ । सभामुखले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
‘क्रिसमस केवल एउटा धार्मिक पर्व मात्र होइन, यो सम्पूर्ण मानव समाजका लागि सहिष्णुता र परोपकारको सन्देश बोकेको पर्व हो, यसले हामीलाई प्रेम र भाईचारा प्रवद्र्धन गर्न सिकाउँछ– सन्देशमा भनिएको छ– ‘हाम्रा पर्वले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको छ, क्रिसमस पनि यसैको एक अनुपम उदाहरण हो, जहाँ हामी सबैले एक आपसमा खुशी साटासाट गर्छौँ ।’
सभामुख घिमिरले नेपालको संविधानले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको व्यवस्था गरी हरेक धर्म, संस्कार र संस्कृतिको सम्मान सुनिश्चित गरेको र देशको सामाजिक सद्भावलाई अझ सुदृढ बनाएको बताउनुभएको छ ।
‘शान्ति, प्रेम र सह–अस्तित्वको पर्व क्रिसमसले शान्ति, सद्भाव र एकता विकास गर्न सकोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ– १नेपाल विविध जातजाति, धर्म, र संस्कृतिको संगमभूमि हो, संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कार र परम्परा पालन गर्ने स्वतन्त्रता दिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी