
सुनसरी । नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित हुनुभएको छ । इटहरीको जनता माविमा सोमबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज बिहान सार्वजनिक गरिएको हो ।
थापा सात सय ६२ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले चार सय ५३ मत प्राप्त गर्नुभएको महाधिवेशन आयोजनाका निर्देशक दीपक ढकालले जानकारी दिनुभयो ।
यसैगरी, कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित हुनुभएको छभने उपाध्यक्ष पदका लागि सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, सङ्गम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी हुनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति