
बाँके । भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग अस्पतालले सम्झौता गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा शुरु हुने भएको हो ।
सोमबार भेरी अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
त्यस अवसरमा मन्त्री पौडेलले सबै सङ्घीय अस्पतालमा मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो । ‘अब भेरी अस्पतालमा पनि सेवा शुरु गर्नेगरी सम्झौता भएको छ । सातै प्रदेशमा यो सेवा विस्तार गर्दै सर्वसुलभ, सहज र पहुँचयोग्य बनाइनेछ’ उहाँले भन्नुभयो ।
अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले भेरी अस्पतालमा मिर्गौला सेवा सञ्चालनका लागि केन्द्रले आवश्यक जनशक्ति, प्रविधि र प्राविधिक लगायत सहयोग गर्ने बताउनुभयो । आगामी एक महिनाभित्र सेवा दिने तयारी भइरहेकाले यहाँका स्थानीय मिर्गौला प्रत्यारोपण गर्न बाहिरी जिल्ला, भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ ।
‘मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्नका लागि केही कानुनी प्रक्रिया छन्’ ती कानुनी प्रक्रिया अस्पतालले पूरापछि सेवा विस्तार, जनशक्ति व्यवस्थापन लगायत काम गर्न एक महिना लाग्न सक्छ’ श्रेष्ठले भन्नुभयो । उहाँले मिर्गौला प्रत्यारोपण सेवालाई सर्वसुलभ गराउने गरी केन्द्र अगाडि बढेको उल्लेख गर्नुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले अस्पतालमा विशिष्टिकृत सेवा विस्तार गर्दै लैजाने क्रममा मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्न लागिएको बताउनुभयो ।
उहाँले अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यकपर्ने कानुनी जटिलता यथाशीघ्र समाधान भएर सेवा सञ्चालन गरिने विश्वास दिलाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति