
काठमाडौँ । जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच भेटवार्ता हुने भएको छ । जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल–शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ ।
दक्षिणमा सिरियासँग सीमा जोडिएको जोर्डनले यसै महिनाको सुरुमा एक शिखर सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा अरब, टर्कीए, ईयू र अमेरिकी कूटनीतिज्ञहरूले वर्षौंको गृहयुद्धपछि समावेशी र शान्तिपूर्ण सङ्क्रमणका लागि आह्वान गरेका थिए। गत डिसेम्बर ८ मा असदलाई सत्ताच्युत गर्ने आक्रमणको नेतृत्व गरेको इस्लामिक समूह हयात तहरीर अल–शाम ९एचटीएस० का शराले हालैका दिनमा मध्यपूर्व र त्यसभन्दा बाहिरका विभिन्न देशका वरिष्ठ अधिकारीलाई भेट गरी आफ्नो आगामी नीतिका बिषयमा स्पष्ट पार्दै सहयोगका लागि अपिल गर्नुभएको छ ।
जोर्डनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा साफादीले सोमबार नयाँ सिरियाली नेताका साथै अन्य सिरियाली अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ ।असदको पतनपछि जोर्डनका वरिष्ठ अधिकारीको यो पहिलो सिरिया भ्रमण हो । सरकारका प्रवक्ता मोहम्मद मोमानीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै जोर्डनले ‘सिरियाली जनताको इच्छाको पक्ष लिएको’ बताउनुभएको छ ।
मोमानीले सिरियामा सुरक्षा र स्थिरता बहाल भएको हेर्न चाहेको र आफ्नो भूभागको एकतालाई समर्थन गरेको बताउनुभयो ।युद्धग्रस्त सिरियामा स्थिरता जोर्डनको हितमा रहेको र यसले आफ्नो सीमामा सुरक्षा सुनिश्चित गर्ने मोमानीले बताउनुभयो । सन् २०११ देखि युद्धबाट भागेर जोर्डनमा शरण लिएका केही सिरियाली नागरिक स्वदेश फर्कन थालेको जोर्डनका अधिकारीहरूले बताएका छन् ।
सिरियाको गृह मन्त्रालयले बिहीबार १३ लाख शरणार्थीमध्ये सात हजारभन्दा बढी सिरियाली नागरिक त्यहाँबाट बाहिरिएको जनाएको छ ।संयुक्त राष्ट्रसङ्घका अनुसार जोर्डनमा छ लाख ८० हजार सिरियाली शरणार्थी दर्ता भएका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति