
काठमाडौँ । बङ्गलादेशले पदच्यूत नेता शेख हसिना र उहाँको परिवारले ५ अर्ब डलरको भ्रष्टाचार गरिररहेको आरोप लागेको छ । रुस समर्थित आणविक उर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटालाको अनुसन्धान शुरु गरेको भ्रष्टाचार विरोधी आयोगले सोमबार जनाएको छ ।
अगस्टमा क्रान्तिद्वारा पदच्युत भई भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री हसिनाका साथै उहाँका छोरा सजीब वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुन्धानको दायरामा पर्नुभएको छ । सिद्दिक बेलायती सांसद र सरकारी मन्त्री हुनुहुन्छ ।
हसिनाका राजनीतिक प्रतिद्वन्द्वी नेसनल डेमोक्रेटिक मुभमेन्ट पार्टीका अध्यक्ष बबी हजाजले उच्च अदालतमा अनुसन्धान गर्न माग गर्दै दायर गरेको रिटमा आरोप लगाइएको थियो । ‘हामी हाम्रो अदालतमार्फत न्याय खोज्छौँ’ हजाजले सोमबार एएफपीलाई भन्नुभयो ।
दक्षिण एशियाली यस देशको पहिलो प्रमुख आरोप १२ अर्ब ६५ करोड डलरको रूपपुर आणविक संयन्त्रको वित्तीयकरणसँग जोडिएको छ । यसमा मस्कोले ९० प्रतिशत ऋण लगानी गरेको छ ।
हसिना र परिवारका सदस्यहरूले ‘मलेसियाका विभिन्न अपतटीय बैंक खाता’ मार्फत रूपपुर संयन्त्रबाट ‘पाँच अर्ब डलर’ दुरुपयोग गरेको आरोपबारे अनुसन्धान शुरु गरेको आयोगको सोमबारको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले आफ्नो अनुसन्धानमा संयन्त्रको ‘अत्यधिक मूल्यको निर्माणसँग सम्बन्धित शङ्कास्पद खरिद अभ्यास’ को अनुसन्धान गरिरहेको जनाएको छ ।
‘किकब्याक कसैलाई उनीहरूको मद्दतका लागि पुरस्कारका रूपमा दिइने घुस वा भुक्तानी), कुव्यवस्थापन, मनी लन्ड्रिङ र शक्तिको सम्भावित दुरुपयोगको दाबीले परियोजनाको अखण्डता र सार्वजनिक कोषको प्रयोगको बारेमा महत्त्वपूर्ण चिन्ता खडा गर्दछ’ आयोगले भन्यो । भ्रष्टाचारका आरोपहमा घरविहीनका लागि सरकारी भवन योजनाबाट चोरी पनि समावेश छ ।
सतहत्तर वर्षीया हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भागेर भारत निर्वासनमा जानुभयो । यसले कथित ‘सामूहिक हत्या’ को मुद्दामा उहाँलाई परीक्षणको सामना गराउन दृढ धेरै बङ्गलादेशीलाई क्रोधित बनायो । हसिनासँग टिप्पणीका लागि सम्पर्क गर्न सम्भव भएन ।
बेलायती प्रधानमन्त्री कार्यालयबाट आएको विज्ञप्तिअनुसार सिद्दीकले उहाँलाई घोटालामा संलग्न भएको आरोप लगाइएको ‘दाबीमा कुनै संलग्नता अस्वीकार’ गर्नुभएको छ ।
अमेरिकामा रहनुभएको बुझिएका जोय पनि टिप्पणीका लागि उपलब्ध हुनुहभएन । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति