
सिरहा । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्य भन्दा बढी राजस्व गरेको छ ।
त्यस अवधिमा कार्यालयले ५ करोड ५ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा ४ करोड ८८ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले त्यस अवधिमा वार्षिक लक्ष्यको ४१ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ९७ लाख ९५ हजार, भदौमा एक करोड सात लाख ७२ हजार, असोजमा एक करोड दुई लाख ७६ हजार, कात्तिकमा एक करोड चार लाख १७ हजार र मङ्सिरमा ९२ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गत आवको पाँच महिनाको तुलनामा चालु आवको त्यही अवधिमा .दुई करोड ७७ लाख ४७ हजार राजस्व वृद्धि भएको छ ।
कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा दुई करोड ३८ लाख ९३ हजार राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य १२ करोड १२ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
सिरहामा माडरस्थित सिरहा भन्सार, बरियापट्टीस्थित छोटी भन्सार र भगवानपुरस्थित ठाडी भन्सार कार्यालय रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति