
ताप्लेजुङ । यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो । यो वर्ष पाँच सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १५ हजार आठ सय ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले बताउनुभयो । यो अघिल्लो वर्षको तुलनामा छ मेट्रिकटनले बढी हो ।
यो वर्षको उत्पादनबाट ताप्लेजुङका किसान उत्साहित भएका जनाउँदै उहाँले स्थानीयस्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत मिलेको बताउनुभयो । अझ अधिक उत्पादनका निम्ति किसानलाई उन्नत बीउ, मलखाद र यन्त्रको उपयोगमा जोड दिन सुझाउने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति