
नवलपरासी । रामग्राम नगरपालिका–१८ पण्डितपुरमा उत्खननका क्रममा प्राचीन भग्नावशेष तथा चक्राकार शहर भेटिएको छ ।
उत्खननमा कोलिय गणराज्यका विभिन्न शहरबारे महत्वपूर्ण तथ्य भेटिएको पुरातत्व विभाग, पुरातत्व शाखा प्रमुख पुरातत्वविद्ध भाष्कर ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘आर्थिक वर्ष २०७५/७६ मा गरिएको भू–भौतिक अध्ययनका क्रममा देखिएका भग्नावशेष पुष्टी गर्नका लागि हालै एक महिनासम्म उत्खनन तथा अध्ययन भएको थियो, त्यही क्रममा कोलिय गणराज्यको विभिन्न ठाउँमा फैलिएको शहरमध्ययेको शहर पण्डितपुर पनि भएको पुष्टि भएको छ ।’
दुई ठाँउमा उत्खननको प्रमुख उद्देश्य भू–भौतिक अध्ययनमा देखिएका पर्खाल संरचना उद्धगार ९प्रमाणित० गर्ने थियो । साथै एक ठाउँमा तीन मिटर गहिरो खाडल खनेरे सांस्कृतिक इतिहास अध्ययन गर्दा बुद्ध, मौर्यकाल समयदेखि मुस्लिमकालसम्मको बसोबास भएको प्रमाण भेटिएको उहाँको भनाइ छ ।
यस्तै अर्को ठाउँमा गरिएको उत्खननमा (सेन्टरी पोष्ट सुरक्षाकर्मीले पहार दिने ठाउँ) जस्तो भग्नावशेष फेला परेको उहाँले बताउनुभयो छ ।
उत्खननको क्रममा पर्खालको संरचनासहित माटाका भाँडा, जनावरका मूर्ति, गरगहना लगायतका पुरातात्विक सामग्री फेला परेको पुरातत्त्वविद् भाष्कर ज्ञवालीले बताउनुभयो । हाल पण्डितपुरमा पूर्व–पश्चिम र उतर–दक्षिणमा एक÷एक हजार मिटर क्षेत्रफलसम्म कुनैपनि संरचना निर्माण नगर्न अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति