
गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ ।
त्यो सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् । ‘गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पु्र्याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ’ नगरप्रमुख कृष्णबहादुर रानामगरले भन्नुभयो – ‘नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।’
नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवासहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति