
कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार क्षेत्र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताउनुभएको छ । सञ्चारमन्त्री गुरुङले भन्नुभयो– ‘वर्तमान सरकार बनेको भोलिपल्टदेखिनै अस्थिरताको कुरा भइरहेको छ । सरकार ढल्छ भनेर लेखिरहेका छन्, सञ्चार क्षेत्रबाट प्रचार भइरहेको छ । यसबाट सुशासन कायम गर्ने कुरामा समस्या हुन्छ । सञ्चार क्षेत्र व्यवस्थित नभए सरकारलाई सुशासन कायम गराउन समस्या हुन्छ ।’
नेपाल पत्रकार महासङ्घ कास्कीको नवनिर्वाचित कार्यसमिति, प्रदेश तथा राष्ट्रिय परिषद् सदस्यहरु आज शपथ तथा पदस्थापन समारोहको उद्घाटन गर्दै उहाँले देशमा स्थिरता र सुशासन स्थापनाका लागि सञ्चार जगत्ले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले भन्नुभयो– ‘वर्तमान सरकार बनेको भोलिपल्टदेखिनै अस्थिरताको कुरा भइरहेको छ । सरकार ढल्छ भनेर लेखिरहेका छन्, सञ्चार क्षेत्रबाट प्रचार भइरहेको छ । यसबाट सुशासन कायम गर्ने कुरामा समस्या हुन्छ । सञ्चार क्षेत्र व्यवस्थित नभए सरकारलाई सुशासन कायम गराउन समस्या हुन्छ ।’ सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यममा अराजकता बढेकाले नियमनका लागि कानुन निर्माणका गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
अनलाइनको मिडियाको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक मन्त्रिपरिषद्बाट पारित भएको र अबको सदनमा प्रस्तुत हुने उहाँले बताउनुभयो ।
‘डिजिटल प्लेटफर्म सञ्चालन गर्नेहरु मर्यादित बन्न आवश्यक छ । संस्कार र संस्कृतिमाथि हमला गर्नुहुँदैन । समाजलाई अमर्यादित बनाउने काम अनलाइन सञ्चार माध्यमबाट गर्नुहुँदैन । अनलाइन मिडियाको स्थापना, सञ्चालन र प्रयोगकाका लागि नियमन गर्नु आवश्यक छ भनेर सञ्चार मन्त्रालय लागिपरेको छ’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।
विद्युतीय अपराध बढेकाले सोको नियन्त्रणका लागि साइबर सुरक्षा विधेयक र प्रेस काउन्सिलको नियमनकारी भूमिका विस्तारका लागि मिडिया काउन्सिल विधेयक यही हिउँदे अधिवेशनमा पारित गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा उहाँले सहकारी रकम अपचलनमा जोडिएका जो सुकैलाई पनि कारबाहीका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो । ‘सर्वदलीय संसदीय छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही हुन्छ । सत्तामा भएका दुई ठूला दलका भए पनि छाडिदैन । अनुसन्धान र अध्ययनले देखाएका सबैलाई कारबाही हुन्छ, कसैलाई पनि छुट हुँदैन’ मन्त्री गुरुङले भन्नुभयो ।
त्यस अवसरमा सञ्चारमन्त्री गुरुङले गत मङ्सिर २८ गते सम्पन्न पत्रकार महासङ्घको निर्वाचनमा कास्की शाखामा निर्वाचित अध्यक्ष माधव बराल नेतृत्वको कार्यसमिति तथा प्रदेश परिषद् र राष्ट्रिय परिषद् सदस्यमा निर्वाचितहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक पुण्य पौडेल, सदस्यहरु रवीन्द्र बाँस्तोला, गोविन्द पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, माओवादी केन्द्रका जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, अध्यक्षका प्रत्याशी राजेन्द्र अधिकारीलगायतले पत्रकारिता क्षेत्रका विभिन्न विषयमा भनाइ राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु