
इलाम । कोशी प्रदेश सरकारले इलाम नगरपालिका–८ तिल्केनीमा नागरिक शान्ति सेवा भवन निर्माण शुरु गरेको छ ।
प्रदेश सरकारको ५० लाख रुपैयाँ अनुदान सहयोग र जिल्लास्थित मानवअधिकार मञ्च नेपालको व्यवस्थापनमा त्यो भवन निर्माण शुरु गरिएको हो ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले भवनलाई मानवअधिकार रक्षाका लागि सुरक्षित आवासगृहका रूपमा प्रयोग गर्न सकिने बताउनुभयो । ‘जिल्लामा आवासगृह अभाव छ, कतिपय घटनाका पीडितलाई सुरक्षित आवासको समस्या छ । यो भवनको सदुपयोग त्यस्तो काममा गर्न सकिन्छ’ उहाँले भन्नुभयो– ‘आगामी वर्ष भवन निर्माणका लागि प्रदेश सरकारले थप सहयोग गर्छ ।’
त्यो भवन २२ कोठाको हुने मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । ‘भवन तीनतले बन्छ, हाल ३० लाख रुपैयाँमा ठेक्का लागेर काम शुरु भएको छ । ६ महिनामा निर्माण सम्पन्न हुन्छ’ उहाँले भन्नुभयो ।
मञ्च अध्यक्ष मोहनसिंह थेबेले मानवअधिकार रक्षामा भवनको प्रयोग गरिने बताउनुभयो । हिंसामा परेका पीडित महिला तथा बालबालिकाको उद्धार गर्न मनोसामाजिक परामर्श यहाँबाट सञ्चालन गरिने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति