
चितवन । पाटेबाघ मार्ने एक जना पक्राउ परेका छन् । नवलपुर विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने परेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जले न्यौपानेलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार सोही गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौँ अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै अनुसन्धानका क्रममा पाटेबाघको रौँ भएको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको हो ।
न्यौपानेको मोबाइलबाट कल डिटेल निकाल्ने क्रममा पासोमा परेको बाघको तस्बिर समेत प्राप्त भएको पन्तले जानकारी दिनुभएकाछ । पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा (५घ) बमोजिम कसुर गरेकाले त्यही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।
बाघलाई पासो थाप्न जाने क्रममा गत कात्तिक २ मा स्थानीय ६२ वर्षीय जीतबहादुर थिङलाई बाघले आक्रमण गरी मारेको थियो । थिङको मृत्यु पश्चात पासोका लागि प्रयोग भएका सामान त्यही दिन बरामद गरिएको थियो । त्यही प्रकरणमा न्यौपानेलाई गत कात्तिक २९ गते नै पक्राउ गरी अनुसन्धान थालिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति