
जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताउनुभएको छ । उहाँले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको उल्लेख गर्नुभएको छ ।
एनपिएलमा जनकपुर वोल्टस्ले जित हासिल गरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले एनपिएलले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपालका खेलाडी थप तयार छन् भन्ने सन्देश संसारसामु पुगेको बताउनुभयो । खेलले एकता, सद्भाव र सहिष्णुताको भावना विकसित गर्ने गरेको उल्लेख गर्दै उहाँले एनपिएल र यस्ता प्रतियोगिताले नेपाली क्रिकेटको अब्बल स्तरलाई दर्शाएको उल्लेख गर्नुभयो ।
एनपिएलको अन्तिम तथा निर्णायक खेलमा जनकपुर बोल्ट्सको जितले प्रदेशका खेलाडीहरूको आत्मबल, प्रतिष्ठा तथा उत्साहमा वृद्धि भएको मुख्यमन्त्री सिंहको भनाइ थियो । उहाँले प्रदेशको धार्मिक तथा सांस्कृतिक सहर जनकपुरधामसँग जोडिएको नाम र प्रदेशवासीकै भाव बनेको जनकपुर बोल्ट्स विजयी हुँदा मधेश प्रदेशका बासिन्दामा रहेको खेलप्रतिको निष्ठा अभिव्यक्त भएको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले प्रतियोगिता अवधिभर जनकपुर बोल्ट्सले गरेको उत्कृष्ट र आनन्दायक प्रदर्शनबाट प्रदेशवासीमा अन्तिम खेलसमेत जित्ने विश्वास पलाएको र टोली आफ्नो कुशल रणनीति, उच्च मनोबल र धीरतापूर्ण खेलबाट प्रदेशवासीको भरोसामा खरो उत्रेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री सिंह जनकपुर बोल्ट्सको हौसला बढाउन आज काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमै पुग्नुभएको थियो । मधेश प्रदेशको खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति