
बागलुङ । बागलुङ कालिका भगवती मन्दिरमा मङ्सिरमा २९ लाख रुपैयाँ बढी आम्दानी भएको छ ।
कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अनुसार मङ्सिरमा मन्दिरमा ् २९ लाख १२ हजार ६ सय ९० रुपैयाँ आम्दानी भएकामा १४ लाख ३७ हजार ३९ खर्च भएको छ । मङ्सिरमा १४ लाख ७४ हजार ६ सय ५१ रुपैयाँ बचत भएको छ ।
गुठीका अध्यक्ष कुमार खड्काका अनुसार मन्दिरमा भक्तजनले समर्पण गरेको भेटीबाट ् १७ लाख ८ हजार ६ सय ४०, चामल बिक्रीबाट ३५ हजार एक सय, बोकाबाट ् एक लाख दुई सय ५०, कुखुराबाट सात हजार छ सय, राँगोबाट दुई हजार, सटर भाडा ् तीन लाख ९ हजार पाँच सय ४०, विवाहबाट १० हजार पाँच सय, वनभोजस्थलबाट एक हजार, आर्थिक सहयोग ् ४३ हजार दुई सय १०, परेवा बिक्रीबाट ६ लाख ५४ हजार सात सय ५०, व्रतबन्धबाट ९ सय, पण्डितबाट ् १८ हजार चार सय रुपैया आम्दानी भएको छ ।
कर्मचारीहरूको तलबमा चार लाख पाँच सय, बिजुलीमा ३५ हजार ९ सय ३०, पूर्वाधार विकासमा ५ लाख २८ हजार ६ सय ९८, पूजा खर्च ५५ हजार, पोशाकमा ् ५३ हजार, विज्ञापन खर्च ६ हजार, मेसिन तथा उपकरण ् २८ हजार, खाद्यान्न र आवासमा ७८ हजार, मर्मतसम्भारमा ् १७ हजार, यातायात तथा भ्रमणमा एक लाख तीन हजार आठ सय रुपैयाँ खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति