
काठमाडौँ । अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवतीको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने बताएको छ । अनुसन्धानले ३० महिलामध्ये २७ जनालाई बर्डफ्लु घातक भएको र मृत्युदर ९० प्रतिशत रहेको पाइएको देखाएको छ ।
मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) द्वारा शुक्रबार प्रकाशित गरिएको त्यो अनुसन्धानले १ हजार ५ सय भन्दा बढी अनुसन्धान पत्रको समीक्षा गरेको छ । अनुसन्धानले ३० महिलामध्ये २७ जनालाई बर्डफ्लु घातक भएको र मृत्युदर ९० प्रतिशत रहेको पाइएको देखाएको छ ।
उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) स्ट्रेन ‘एचफाइभ एनवन’ र ‘एचफाइभ एनटू’ विश्वव्यापी रूपमा बढ्दै गएको प्रकोपसँग सम्बन्धित मानव सङ्क्रमणको रूपमा यो अध्ययन प्रकाशित गरिएको थियो ।अनुसन्धान टोलीले अनसन्धानले गर्भवती महिलालाई जतिसक्दो चाँडो महामारी योजनामा समावेश गर्ने प्रमुख प्राथमिकतामा राखेको निष्कर्षले देखाएको छ ।
एमसीआरआईका अध्ययन सह–लेखिका राहेल पर्सेलले भन्नुभयो–गर्भवती महिलालाई प्रायः खोप परीक्षणहरूबाट वञ्चित गरिएको थियो र सार्वजनिक स्वास्थ्य खोप कार्यक्रममा ढिलाइको सामना गर्नुपरेको छ ।
गर्भवती महिलालाई नियमित रूपमा महामारीविरूद्धको उपचार र अन्य कार्यक्रममा सहभागी गर्न आवश्यक हुने अनुसन्धानको निश्कर्ष छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति