
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पूर्वउपपधनमन्त्री बामदेव गौतमलाई पार्टीमा भित्र्याएर तेस्रो वरियता र संगठन विभाग प्रमुख जिम्मेवारी दिने भएको छ । नेकपा एमाले परित्याग गरी पछिल्लो समय नेकपा एकता राष्ट्रिय अभियान संचालन गर्र्दै आउनुभएका पूर्वउपपधनमन्त्री गौतम एकीकृत समाजवादीले विभिन्न चरणको छलफल गरिरहेको छ ।
एकीकृत समाजवादीको हालै सम्पन केन्द्रीय पदाधिकारी बैठकले गौतमलाई पार्टीले ल्याउने निर्णय गरेको थियो । गौतमलाई समाजवादीले यसअघि पनि विभिन्न पटक उहाँसँग संवाद समेत गर्दै आएको थियो । तर गौतमलाई पार्टीमा ल्याएर कुन तहमा राख्ने र के जिम्मेवारी दिने ? भन्ने टुंगो नलाग्दा ठोस निर्णय हुन सकेको थिएन । समाजवादीले केही दिन अघि विभिन नृताहरुको जिम्मेवारी छिनो गरेपछि गौतमलाई पार्टीमा ल्याउन सहज भएको हो ।
कम्युनिष्ट पार्टीमा प्राय संगठन विभाग अत्यन्तै महत्वपूर्ण मानिन्छ । त्यही कारण संगठन विभागको प्रमुखको जिम्मेवारी प्राय पार्टी महासचिवलाई दिने गरिन्छ । तर एकीकृत समाजवादीले यस पटक संगठन विभागको प्रमुख महासचिव घनश्याम भूसाललाई दिएर उपाध्यक्ष वेदुराम भुसाललाई बनाएको छ । स्रमेतका अनुसार अध्यक्ष माधवकुमार नेपालले पूर्वउपपधनमन्त्री गौतमलाई पार्टीमा ल्याएर संगठन विभागको प्रमुख सुम्पने योजना अनुसार त्यो जिम्मेवारी महासचिव घनश्यामलाई नदिएर केही समयको लागि वेदुरामलाई दिइएको हो ।
अध्यक्ष नेपालले पार्टीको आन्तरिक किचलो व्यवस्थापन र विभिन्न विभाग टुंग्गाएर लगत्तै पूर्वउपपधनमन्त्री गौतमलाई भित्र्याउन छलफल अगाडि बढाउनु भएको छ । अध्यक्ष नेपाल गौतमलाई बिहीबार साँंझ भैसेपार्टी पुग्नु भएको थियो । बिहीबारको छलफलमा उहाँहरुबीच गौतमलाई पार्टीमा तेस्रो वरियता र संगठन विभाग प्रमुख दिने भद्रसहमति भएको स्रोतले बताएको छ ।
पूर्वउपपधनमन्त्री गौतमले यसअघि एमालेमा विभिन्न नेताहरुको वरियता टुंग्याउने छलफलको शुरुमै ‘मेरो रोल नम्बर ४’ भन्दै पछिला आफूलाई चौथोै वरियतामा राख्न लगाउनु हुन्थ्थ्यो । पूर्वउपपधनमन्त्री गौतमले पहिलो आफ्नो स्थान तोकर अन्य विभिन्न नेताहरुको वरियता समेत तोक्नु हुन्थ्यो । एमाले अध्यक्ष, वरिष्ठ नेता र महासचिव बाहेकका नेताहरुले गौतमले नै तोकेको वरियता स्वीकार्थे । यसअघि प्राय चौथो वरियतामामा रहने गर्नुभएको नेता गौतम यसटक समाजवादीले तेस्रो वरियता दिने भएपछि गद्गद् हुनुभएको स्रोतको भनाई छ ।
स्रोतका अनुसार छलफलमा पूर्वउपपधनमन्त्री गौतमले आफू संगठनको प्रमुख भएर गोडाले साथ दिएसम्म मुलुकको विभिन्न स्थनमा गाडीबाट र हिडेर पुग्ने र संगठन बिस्तारमा लाग्ने प्रतिवद्धता जनाउनुभएको छ । ‘गोडाले साथ नदिए लठ्ठी टेकेरै भए पनि एकीकृत समाजवादीलाई बलियो बलाउने कार्यमा जुट्छु । एकीकृत समाजवादी बलियो भएपछि बल्ल फेरि कम्युनिष्ट एकताको प्रकृयाले गति लिन्छ’ छलफलमा पूर्वउपपधनमन्त्री गौतमले छलफलमा आफ्नो धारणा यसरी राख्नु भएको स्रोतको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति