+

कुश्मामा नगरप्रमुख रोजगार कार्यक्रम

पर्वत ।  बेरोजगार जनशक्तिलाई रोजगारी प्रदान गर्नका लागि पर्वतको कुश्मा नगरपालिकामा नगरप्रमुख रोजगार कार्यक्रम शुरू गरिएको छ । 


नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएको लामो समयपछि त्यस्तै प्रकृतिको कार्यक्रम कुश्मा नगरपालिकाले शुरू गरेको हो ।

नगरभित्रका बेरोजगार युवालाई स्थानीयस्तरमा रोजगारी सृजना गर्न तथा आयआर्जनका क्रियाकलाप सञ्चालन गरी सामुदायिक पूर्वाधार निर्माण, कृषि, अध्ययन, अनुसन्धान लगायत विविध क्षेत्रहरूमा संलग्न गराई बेरोजगारी र शैक्षिक बेरोजगारीको समेत समस्या समाधानमा योगदान पुर्याउन नगरप्रमुख रोजगार कार्यक्रम सुुरू गरिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताउनुभयो । 

कार्यक्रममा आबद्ध भई रोजगारीको लाभ लिनका लागि नगरप्रमुख रामचन्द्र जोशीले नगरवासीलाई अनुरोध गर्नुभएको छ । बेरोजगार भएर बसिरहेका इच्छुक युवायुवती वा काम गर्न सक्ने जुनसुकै उमेर समूहका नागरिकले आफ्नो सीप र दक्षताअनुसारको रोजगारी माग गर्न सकिने उहाँले बताउनुभयो ।

विभिन्न आयोजनाका क्षेत्रमा रोजगारी सृजना गर्ने दिगो उत्पादनमा आधारित सामूहिक र एकीकृत खेती, जलचक्र, खानेपानी संरक्षण तथा व्यवस्थापन गरी रोजगारी सृजना हुने कार्यक्रम, जलवायु तापक्रम, मानव उत्पन्न प्रकोप व्यवस्थापन तथा न्यूनीकरणका क्षेत्र, ताल तलैया, जलाशय निर्माण तथा रिचार्ज पोखरी मर्मत तथा संरक्षणका क्षेत्रमा जनशक्ति परिचालन गरिने भएको छ ।

यसैगरी, खेलकुद प्रवर्द्धन र पूर्वाधार निर्माण, शिक्षा, तालिम, जनचेतनामूलक अभियान, रोगारमूलक कृषि तथा पशुपालन, वृक्षरोपण तथा पर्यावरण संरक्षणमा आधारित कृषि, वन विकास, अध्ययन, अनुसन्धान र रणनीतिक सञ्चार एवं पर्यटन प्रवर्द्धन, मर्मत तथा सम्भार, वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकूलनसम्बन्धी कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्केका युवा समूहका नवीन योजना पनि नगरप्रमुख रोजगार कार्यक्रममा समेटिएको छ । 

रोजगारीका लागि आफूले चाहेको आयोजना माग गर्दा नगरप्रमुख रोजगार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ को अनुसूची २ बमोजिमको ढाँचामा माग्नुपर्ने, कम्तीमा एकाघर बाहेकका सात जना उपभोक्ताको समूह बनाई माग गर्नुपर्ने, एक समूहमा आबद्ध भएको व्यक्ति अर्को समूहमा आबद्ध हुन नपाउनेजस्ता प्रावधान राखिएको छ । 

यो कार्यक्रमले कुनै पनि नागरिक बेरोजगार भएर बस्नु नपर्ने नगरप्रमुख जोशीको विश्वास छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट