
सुनसरी । धरानमा आइतबारदेखि सङ्गीत जात्रा सांस्कृति महोत्सव हुने भएको छ ।
गीतसङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन भन्ने मूल नाराका साथ पुस ७ गते आइतबारदेखि १७ सम्म महोत्सव हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।
नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्थाको आयोजना र त्रिवेणी महिला समूह धरानको सहआयोजनामा धरान उपमहानगरपालिका १५ बगरकोट एभरेष्ट लाइनमा हुन लागेको क्लबका अध्यक्ष कृष्ण राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘महोत्सवमा मौलिक र जातीय पकिारसहितको अग्र्यानिक खानाको विशेष व्यवस्था गरिएको छ ।’
महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनुका साथै महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चादेखि सबै उमेर समूहका नागरिक रमाउन सक्नेगरी रोटेपिङ, ड्रागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकीमाउस लगायत खेलकुदका सामग्रीको व्यवस्था गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निःशुल्क रहने र अपराह्न ४ बजेपछि कालाकारहरूको उपस्थितिलाई मध्यनजर गर्दै शुल्क निर्धारण गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति