
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल–असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य हासिल गरेको दाबी गर्नुभएको छ ।
दमन र व्यापक मानव अधिकार उल्लङ्घन तथा गृहयुद्धका आरोपहरूले चिनिएको असद परिवारको आधा शताब्दी लामो शासनको अन्त्य गर्दै विद्रोहीहरूको आकस्मिक अग्रगति गरेपछि असद यस महिनाको सुरुमा मस्को भाग्नुभएको थियो ।ललोकतन्त्रको विरोधमा उहाँको दमनले गृहयुद्ध निम्त्याएको १३ वर्षभन्दा बढी समयपछि उहाँको प्रस्थान भएको हो ।
रुस असदको प्रमुख समर्थक थियो र २०१५ मा उहाँको मद्दतमा आएर द्वन्द्वको दिशा नै परिवर्तन गरिदिएको थियो । सिरियामा जे भइरहेको छ त्यसलाई तपाईँ रुसको पराजयका रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ”, पुटिनले वर्षको अन्त्यमा आफ्नो वार्षिक पत्रकार सम्मेलनमा एक अमेरिकी पत्रकारको प्रश्नको जवाफमा भन्नुभयो, “म तपाईंलाई आश्वस्त पार्छु यो त्यस्तो होइन, हामी १० वर्षअघि सिरियामा आएका थियौँ ताकि त्यहाँ अफगानिस्तान जस्तै आतङ्कवादी गढ बन्न नपाओस् । समग्रमा, हामीले आफ्नो लक्ष्य हासिल गरेका छौँ ।”
्उहाँले मस्कोमा असदसँग भेट्न बाँकी रहेको तर चाँडै भेट्ने योजना बनाएको बताउनुभयो । “मस्को आइपुगेपछि मैले राष्ट्रपति असदलाई देखेको छैन तर म निश्चित रूपमा उहाँसँग कुरा गर्नेछु”, उहाँले भन्नुभयो ।
असदको पतनपछि पुटिनले पहिलो पटक सार्वजनिक रूपमा सिरियाको स्थितिबारे बोल्नुभएको हो ।
मस्को सिरियामा दुईवटा सैन्य आधारको भविष्य सुरक्षित गर्न उत्सुक छ । टार्टस नेभल बेस र हेमिमिम एयर बेस पूर्व सोभियत सङ्घबाहिर रुसको एक मात्र सैन्य चौकीहरू हुन् र ती अफ्रिका र मध्यपूर्वमा क्रेमलिनका गतिविधिहरूका लागि महत्त्वपूर्ण रहेका छन् ।
पुटिनले ती अड्डाहरू रुसको नियन्त्रणमा राख्न समर्थन रहेको बताउनुभयो । “हामी त्यहाँ स्थिति नियन्त्रण गर्ने सबैसँग, क्षेत्रका सबै देशहरूसँग सम्पर्कमा छौँ । तिनीहरूको ठूलो बहुमत हाम्रा सैन्य अड्डाहरू त्यहाँ रहिरहनुमा चासो राख्छन् भन्छन्”, उहाँले भन्नुभयो ।्
उहाँले तेहरानको अनुरोधमा रुसले चार हजार इरानी सैनिकलाई त्यस देशबाट निकालेको पनि बताउनुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति