
काठमाडौँ । युक्रेनी ड्रोन र छिमेकी रूसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा रूसी तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ ।
रूसको दक्षिणी रोस्तोभ क्षेत्रमा ‘शत्रुले ठूलो आक्रमण गरेको’ स्थानीय गभर्नर युरी स्ल्युसरले बिहीबार टेलिग्राममा उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो आक्रमण गरिएको रोस्तोभ क्षेत्रमा तीन दर्जनभन्दा बढी युएभी र तीन वटा क्षेप्यास्त्र तैनाथ गरिएको छ ।” आक्रमणपछि रूसी हवाई प्रतिरक्षा सेवा यस क्षेत्रका धेरै शहरहरूमा सक्रिय गरिएको छ ।
उहाँले भन्नुभयो, “अधिकांश हवाई लक्ष्यहरू निष्प्रभावी भए तापनि तेल प्रशोधन केन्द्रमा आगलागी भएको तर यसलाई रूसी अधिकारीले बरिब एक घण्टापछि नियन्त्रणमा लिएका छन् ।
उहाँले रोस्तोभ नजिकैको एउटा गाउँमा ड्रोनका टुक्रा खस्दा एक जना घाइते भएको पनि बताउनुभएको छ ।
रूसको रक्षा मन्त्रालयले बिहीबार भनेको छ, “किएभले विमानको प्रयोग गरेर आतङ्कवादी हमला गर्ने प्रयास गरेको थियो तर यो विफल भएको छ ।”
रुसको हवाई प्रतिरक्षा प्रणालीले रोस्तोभ क्षेत्रसहित देशभरका ८० भन्दा बढी ड्रोन नष्ट गरेको छ ।
रुसको सीमावर्ती क्षेत्रमा युक्रेनी आक्रमण हुने गरेको छ भने गत हप्ता रोस्तोभ र पश्चिमी ब्रायन्स्क क्षेत्रलाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण भएका थिए।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार वार्षिक पत्रकार सम्मेलन आयोजना गर्ने क्रममा पछिल्लो आक्रमण भएको हो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति