
काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा बन्दीसहित २४ घण्टाभित्र लिखित जवाफसहित उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले आज उक्त आदेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत उपस्थित हुनु भनेको हो ।
काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा बन्दीसहित २४ घण्टाभित्र लिखित जवाफसहित उपस्थित गराउन आदेश गरेको छ ।
न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले आज उक्त आदेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत उपस्थित हुनु भनेको हो । आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारणसहित विपक्षी नं १ र २ हकमा २४ (चौबिस) घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसाथ उपस्थित हुन तथा अन्य विपक्षीहरुको हकमा समेत २४ (चौबिस) घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु ।”
प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गराउनुभएको थियोे । सोही मुद्दाको सुनुवाइपछि उक्त आदेश भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति