
काठमाडौँ । विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार विश्व बैङ्कका मध्यपूर्व विभागका देशीय निर्देशक ज्याँ क्रिस्टोफ क्यारेटले लेबनानको पुनर्निर्माणमा लेबनानी सरकारसँग सहकार्य गर्ने बैङ्कको इच्छा व्यक्त गर्नुभएको हो ।
क्यारेटले लेबनानको संसदसँगको भेटमा भनाइ राख्नुभएको हो । त्यस अवसरमा सभामुख नाबिह बेरी र विभागका देशीय निर्देशक क्यारेटले पुनर्निर्माण परियोजनाहरू र कार्यक्रमहरू, भग्नावशेष हटाउने, पूर्वाधार पुनर्निर्माण, र औद्योगिक र कृषि सुविधाहरूको पुनस्र्थापनासहितका बिषयमा छलफल गर्नुभएको थियो ।
बेरीले ‘इजरायली आक्रमणबाट लेबनानले व्यहोरेको परिणामलाई पुनर्निर्माण र सम्बोधन गर्न लेबनानसँग प्रतिक्रिया र संलग्न हुने विश्व बैङ्कको इच्छा र तत्परता’ को प्रशंसा गर्नुभयो ।
उहाँले विश्व बैंकले तयार गरिरहेको योजनाको विवरणका बारेमा पनि जिज्ञासा राख्दै भन्नुभयो, “यो योजनामा किसान, उद्योगपति र साना व्यवसायीका लागि भूमि सुधार र ऋण सुरक्षित गर्ने कार्यक्रम समावेश हुनुपर्दछ ताकि उनीहरूलाई यस वर्षको अन्त्यसँगै पुनः वृद्धि गर्न सकियोस् ।
विश्व बैङ्कका अनुसार लेबनानमा हिजबुल्लाह–इजरायल द्वन्द्वबाट भएको भौतिक तथा आर्थिक क्षति आठ अर्ब ५० करोड अमेरिकी डलर रहेको अनुमान गरिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति