
काठमाडौँ । हिजो सामान्य सुधार आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज फेरि घटेको छ ।
परिसूचक बुधबार ५ दशमलव ६० अंकले घटेर २ हजार ६ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज ३ सय १४ कम्पनीको ८१ लाख ४७ हजार ३ सय २० कित्ता शेयर, ४९ हजार चार सय २१ पटक खरिदबिक्री भएको छ । पछिल्ला दिनमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ । आज पनि कारोबार रकम ४ अर्ब २७ करोड ८२ हजार रुपैयाँमा खुम्चिएको छ ।
वित्त समूह एक दशमलव शून्य सात, लघुवित्त समूह शून्य दशमलव शून्य नौ र व्यापार समूह शून्य दशमलव ५० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ३६, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ४२, जलविद्युत् शून्य दशमलव ३६, लगानी शून्य दशमलव ३२ र जीवन बिमा समूह शून्य दशमलव ३३ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन शून्य दशमलव ३२, म्युचुअल फण्ड शून्य दशमलव २६, निर्जीवन बीमा शून्य दशमलव १४ र अन्य समूह शून्य दशमलव ३७ अंकले घटेको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ९० प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ करोड ५९ लाख २३ हजार २ सय ८६ रुपैयाँ बराबरको एक लाख ७१ हजार चार सय ८६ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति