+

संविधान संशोधनबारे अध्ययन गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएको छ। पार्टी स्थायी कमिटिको बैठकले संविधान संशोधनको लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमासात सदस्यीय कार्यदल बनाएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । 

उहाँका अनुसार कार्यदलमा अन्य सदस्यहरुमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहनुभएको छ । उहाँले  बैठकले केन्द्रिय सचिवालय समिति समेत गठन गरेको जानकारी दिनुभयो । 

केन्द्रिय सचिवालयमा केन्द्रिय कमिटिका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरु, उपाध्यक्षहरु, महासचिव,उपमहासचिव र सचिवसहित २४ सदस्यीय समिति रहने उहाँले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट