+

एनपिएल बिजेताले १ करोड १० लाख पुरस्कार पाउने

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि बिजेता  टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले  ५१ लाख रुपैयाँ प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)  का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभएको छ । 


उहाँका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले  २५ लाख  रुपैयाँ प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले  १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।

क्यानको आयोजनामा मङ्सिर १५ गतेदेखि सञ्चालन भएको यस एनपिएलमा विभिन्न आठ टोली सहभागी छन् । जसमा काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । 

सहभागी टोलीमा  चार टोली प्लेअफमा पुगेका छन् । बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै