+

लिबियाको तटबाट ४९९ आप्रवासी उद्धार : संयुक्त राष्ट्रसङ्घीय निकाय

काठमाडौँ । गत साता लिबियाको तटबाट ३४ महिला र ६ बालबालिकासहित ४ सय ९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको छ ।


आईओएमले ८ देखि १४ डिसेम्बरसम्म ४ सय ९९ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र २९ आप्रवासी बेपत्ता भएको जानकारी दिएको छ ।

यो वर्ष हालसम्म २१ हजार ३ सय ४३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ, जुन गत वर्षको तुलनामा चार हजार बढी हो । आईओएमले यस वर्ष लिबिया र अन्य देशबाट आएकाहरू सहित मध्य भूमध्यसागर मार्गमा ६ सय ३५ जनाको मृत्यु र ९ सय ८२ हराएका आप्रवासी रेकर्ड गरेको छ ।

सन् २०११ देखि धेरै आप्रवासीले लिबियाबाट भूमध्यसागर पार गर्न युरोपेली किनार छनौट गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट