
काठमाडौँ । सोमबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ ।
नेप्से परिसूचक मंगलबार २ दशमलव ९५ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ८७ विन्दुमा कायम भएको हो । आज ३ सय १८ कम्पनीको ८९ लाख ३९ हजार तीन सय ४८ हजार कित्ता शेयर, ५३ हजार ९ै सय ५७ पटक खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार७ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव १७, वित्त शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव १४, लघुवित्त शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव १९, व्यापार शून्य दशमलव ५९ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।
अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ६५, लगानी शून्य दशमलव २१, जीवन बीमा शून्य दशमलव १५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको २२ करोड २४ लाख ३ हजार ९ सय ६४ रुपैयाँ बराबरको दुई लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति