+

भ्रष्टचारीको मुखै हेर्दिन : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टचारीको मुखै नहेर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले ललितपुर महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रममा ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही गरिने बताउनुभएको हो । 


‘देशको अवस्था सच्याउनुछ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनुछ । सुशासन दिनुछ’ कार्यक्रममा उहाँले भन्नुभयो–  भ्रष्टाचार नियन्त्रण गर्नुछ । भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’

प्रधानमन्त्रीले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि जनताको सेवामा तल्लिन हुनुपर्नेमा जोड दिनुभयो ।  ‘हामी जनताका सेवक हौँ, हामीभित्र घमण्ड पलाउन हुँदैन’ उहाँले भन्नुभयो । 

प्रधानमन्त्रीले स्थानीय सरकार नागरिक मैत्री हुनुपर्ने बताउनुभयो । ‘स्थानीय सरकार विगतको जस्तो कर उठाउनका लागि मात्र होइन, हाल यो नागरिक मैत्री पनि भएको छ’ उहाँले भन्नुभयो– ‘सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट विकृति हटाउने काम भएका छन्, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भाष्य गलत हो सोचेअनुरुप विकास नभए पनि विकासको गति बढेको छ । 

गरिबी घटाउन अधिक प्रयास भएको, सडक, पुलजस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, जनताको जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, मुलुकको अर्थतन्त्रको आकार बढेको, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि हुनाका साथै आम नेपालीको सरदर आयु ४२ वर्षबाट ७२ वर्ष पुगेको लगायत विगतको तुलनामा मुलुकमा क्रमशः विकास–निर्माणका गतिविधिले गति लिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । निरपेक्ष गरिबीको रेखामुनि २० प्रतिशत जनसङ्ख्या मात्र रहनु मुलुकका निम्ति उपलब्धि भएको उहाँको भनाई छ। 

प्रधानमन्त्रीले अनेकतामा एकता कायम गर्दै सामाजिक सद्भावका साथ समृद्धितर्फको यात्रामा लाग्नु समयको माग भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबैको प्रयासबाट सबैका लागि साझा प्रगति हासिल गर्नुपर्छ, प्रगतिको यात्रा कहिल्यै टुङ्गिँदैन । सहाराविहीनहरुलाई भरणपोषणसहित आश्रयको व्यवस्था भएको छ । २०८२ सालभित्र देशलाई सडक मानवमुक्त बनाउँछौँ ।’

प्रधानमन्त्रीले नेवार संस्कृतिले भरिपूर्ण देशकै समृद्ध सांस्कृतिक शहर ललितपुर भएकाले यहाँका सम्पदाको संरक्षणका साथै सांस्कृतिक महत्वका स्थलको प्रवद्र्धन गरेर पर्यटन विकासमा योगदान गर्न सकिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट